कमलेश चन्द बेपत्ता प्रकरण : चार जना पुर्पक्षका लागि कारागार चलान, दुई सुधारगृहमा

दमौली : व्यास नगरपालिका–१३ बेलबासका २७ वर्षीय कमलेश चन्द ठकुरी बेपत्ता प्रकरणमा तनहुँ जिल्ला अदालतले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले चार जनालाई पुर्पक्षका लागि थुनामा र दुई जनालाई सुधारगृह पठाउने आदेश गरेको हो ।

ऋषिङ गाउँपालिका–१ झापुटारका सागर थापा, सविन भन्ने सगुन गर्जा मगर, जिसन भन्ने छविलाल आले, काले भन्ने विनोद आले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले खबरपुञ्जलाई जानकारी दिए ।

परिवर्तित नाम ०८२/०८३ दमौली ४ र परिवर्तित नाम ०८२/०८३ दमौली ३ नाबालक रहेकाले सुधारगृह पठाइएको छ ।

कमलेश चन्दका बाबु दिलबहादुर चन्दले निजहरुले छोरालाई बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धान सकाएपछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् निजहरुविरुद्ध तनहुँ जिल्ला अदालतमा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको थियो ।

साउन ७ गते राति बेलबासबाट झापुटार गएका कमलेश सोही रातिदेखि सम्पर्कविहिन छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker