नेपाल वाल संगठन तनहुँको अध्यक्षमा कैनी, एक कार्यक्रमका बीच पदस्थापना गरियो

भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल सरकार महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल वाल संगठन तनहुँको अध्यक्षमा डम्वरदेव कैनीलाई मनोनित गरेको गरेको छ । अध्यक्षमा मनोनित कैनीलाई वाल संगठन तनहुँको कार्यलयमा एक समारोहका बीच पदस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सभापतित्वमा भएको पदस्थापन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य केदार सिग्देलले पदस्थापन गराएका थिए ।

पदस्थापन गराउँदै सांसद सिग्देलले बालवालिकाका हकहितमा काम गर्ने सवलमा जिल्लाले नेतृत्व पाएको हुँदा जिम्मेवारका साथ काम गर्न आग्रह गरे ।

बिगतदेखि नै बालवालिकाका क्षेत्रमा शैक्षिक तहबाट भुमिका बहन गर्दै आउनुभएका व्यक्तिनै नेतृत्वमा आएपछि जिल्लाले बालवालिकाको हकहितका लागि महत्वपूर्ण काम हुने सांसद सिग्देलले विश्वास व्यक्त गरे ।

यस्तै, नवनियुक्त अध्यक्ष डम्वरदेव कैनीले राज्यले विश्वास गरेर नेतृत्व प्रदान गरेको हुँदा सबैको साथ र सल्लाहमा अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सरकारले आफनो तर्फाट पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, व्यास नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डिल्लिराज सिग्देल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, भुमि सम्वन्धी आयोगका केन्द्रीय सदस्य एकबहादुर राना, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, प्रदेश सदस्य अतिन्द्र केशरी न्यापाने, नेकपा जिल्ला सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले नवनियुक्त अध्यक्षलाई शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker