ज्येष्ठ नागरिकलाई विद्यार्थीको फलफूल र खाद्यन्न सहयोग

दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई विद्यार्थीहरुले फलफूल तथा खाद्यन्न सहयोग गरेका छन् ।

व्यास–४ स्थित दमौली मोडेल एकेडेमीको जुनियर रेडक्रस सर्कल एवं इटर्याक्ट क्लवमा आवद्ध विद्यार्थीहरुले आश्रमका ज्येष्ठ नागरिकहरुलाई दाल, चिनी, फलफूल लगायतका खाद्यन्न सामाग्रि उपलब्ध गराएका हुन् ।

विद्यालयको नियमित शुक्रबारे कार्यक्रम अन्तर्गत विद्यार्थीहरुमा समाजसेवाको भावना स्थापित गराउनका लागि ज्येष्ठ नागरिकलाई सहयोग तथा ज्येष्ठ नागरिकको अनुभव ग्रहण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल प्रकाश खड्काले बताए ।

राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमितिद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी आश्रमका संरक्षक बलबहादुर रानाभाटलाई सहयोग सामाग्रिह हस्तान्तरण गरिएको उक्त कार्यक्रममा विद्यालयका निर्देशक सितारम पौडेल, क्लवका अध्यक्ष सदिक्षा थापा लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

क्लवका पदाधिकारी तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहितको टोलीले व्यास पराशर क्षेत्रको स्थलगत अध्ययन गरी यस क्षेत्रका धार्मिक, साँस्कृतिक, प्रकृतिक तथा पर्यटकीय महत्वका विषयमा अन्तरक्रिया गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker