तनहुँका भुजेल समुदाय सांस्कृतिक पहिचान स्थापित गर्न जुटयो

तनहुँ : तनहुँका भुजेल समुदाय यतिबेला आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्ने अभियानमा जुटेका छन् । रकम जुटाएर उनीहरु पहिचानका लागि वेशभूषा, भाषा, धर्म, संस्कृतिको जगर्ना गर्न लागेका हुन् ।

अभियानअन्तर्गत तनहुँमा एकहप्ते संस्कार जगेर्ना कार्यक्रम गरिएको छ । भुजेल महिला समाज केन्द्रीय कार्यसमिति र भुजेल जिल्ला कार्यसमितिको संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय अल्पसङ्ख्यक भुजेल जातिमा सांस्कृतिक विचलन देखापरेकाले सांस्कृतिक पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको भुजेल समाज नेपाल केन्द्रीय कार्यसमितिको भाषा, संस्कार, सांस्कृतिक विभाग प्रमुख रेशम भुजेलले बताउनुभयो ।

अभियानअन्तर्गत २५ युवालाई संस्कार जगेर्ना कार्यक्रममा प्रशिक्षित गरिएको छ । जातिको आफ्नो छुट्टै धर्म, संस्कार, संस्कृति, भाषा, पहिरन र रीतिरिवाज रहेको भुजेल महिला समाज केन्द्रीय कार्यसमिति अध्यक्ष वसुन्धरा घर्ती भुजेलले बताउनुभयो । यो समुदायका युवा पछिल्लो समय आफ्नो संस्कार र संस्कृति छाडेर विचलनमा पर्न थालेकाले त्यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

संस्कृति हराए पहिचान हराउने चिन्ता भएकाले युवापुस्ताले मौलिक परम्परा, सीप, संस्कार र भाषाको ज्ञान दिलाउन प्रशिक्षण कार्यक्रम गरिएको भुजेल महिला समाजकी केन्द्रीय सचिव कला भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा भुजेल जातिको जन्म, विवाह, मृत्यु संस्कारदेखि चाडपर्वका बारेमा ज्ञान दिन पूर्वदेखि पश्चिमका विज्ञहरूलाई बोलाएर प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker