प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँमा मदिरा बिक्री–वितरण र सेवन निषेध

दमौली : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लाभर मदिराको बिक्री–वितरण तथा सेवन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँ ले बिहीबार सूचना जारी गर्दै फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म मदिराको बिक्री–वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीद्वारा जारी सूचनामा २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख छ । सूचनाअनुसार उक्त अवधिमा तनहुँ जिल्लाभर मदिरा बिक्री, वितरण तथा सेवन गर्न नपाइने व्यवस्था गरिएको छ । आदेशको उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ । साथै सुरक्षा निकायबाट आदेशको कडाइका साथ अनुगमन गरिने जनाइएको छ ।
निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा जिल्लास्थित होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker