व्यास नगरपालिकामा “उपमेयरसंग महिला” कार्यक्रम प्रभापकारी बन्दै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको उपमेयरसंग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका महिलाहरुलाई आर्थिक, स्वास्थ्य तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपमेयरसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

उक्त कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिलाहरुलाई उद्यमशिल बनाउने अभियानमा १५ जना महिलाले आफनै व्यवसाय सञ्चालन गरेका छन् । १२ कक्षा पास गरेका १५ जना बेरोजगार महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ नगरपालिकाले ५० हजारका दरले अनुदान प्रदान गरेको छ ।

निवेदन परेका शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायको स्थलगत निरिक्षण गरी अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा आचार्यले बताइन । उनले भनिन्, ‘उपमेयरको संयोजत्वमा गठिन अनुगमन समितिले दरखास्त परेका महिलाहरुले संचालन गर्न खोजेका व्यवसाय तथा संचालन गरिएका व्यवसायको स्थलगत अनुगमन गरि अनुदान प्रदान गरेका हौं ।’

अनुदान पाउनेमा अधिकांशले कृषि तथा पशु फर्म संचालन गरेका छन् । अनुदान पाएकी व्यास-८ मा रहेको अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारी भन्छिन्, ‘यो कार्यक्रमले हामीजस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ । नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’

२०७८ असोज ७ गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको थियो । उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रम मार्फत १०९ गर्भवती महिलालाई पोषण खर्च वापत ५ हजार प्रदान गरिएको छ । गर्भवती अवस्थामा महिलाहरुलाई आवश्यक पर्ने पोषणतत्व खरिद गर्न उक्त रकम प्रदान गर्दै आएको उपप्रमुख इन्दिरा दरैले बताईन् । अपाङगता भएका ८ जनालाई आयआर्जन गर्नका लागि बाख्रा वितरण समेत गरिएको उनले बताइन् ।

उपमेयरसँग महिला कार्यक्रम मार्फत महिलालाई आयआर्जनसँग जोडेर उनले कार्यक्रममार्फत विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको बताइन । उनले भनिन्, ‘बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएकी छु ।’

यस्तै कार्यक्रम अन्तर्गत महिला प्रजनन् स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानलेले उपमेयरसँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाको सहयोग रहने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker