तनहुँमा १७१ भायल कोभिड भ्याक्सिन

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोभिड-१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई मंगलबार हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने बताए । एक भायलबाट दश जनालाई खोप लगाउन सकिने प्रमुख अधिकारीले बताए ।










