व्यासमा २१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी गरेको छ । राष्ट्रव्यापी खोप अभियान अन्तर्गत सञ्चालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियानका क्रममा नगरपालिका भित्र रहेका करिब २१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गरी अभियान बारे जानकारी गराएको छ ।

चैत २५ गतेदेखि १४ वटै वडाका विद्यालयमा खोप केन्द्र कायम गरी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले बताइन् ।

‘लक्षित संख्या धेरै र स्वास्थ्यकर्मी सीमित रहेकाले खोप अभियान चुनौतिपूर्ण रहेको छ’, उनले भनिन्, ‘यस अभियानमा सबैको सहयोग आवश्यक छ । सरोकारवालाको भूमिका महत्वपूर्ण रहन्छ ।’

स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत कल्पना दाहालले लक्षित संख्याको ८० प्रतिशत बालबालिका विद्यालयमा रहने भएकाले विद्यालयमै खोप केन्द्र निर्धारण गरेर खोप दिइने तयारी गरिएको बताइन् ।

अहिले अभियानको रुपमा यसलाई सञ्चालन गरिएपनि पछि नियमित खोप अभियानमा यसलाई समावेश गर्ने तयारी भएको उलने बताइन् ।

विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने बताइएको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने बताइएको छ ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खोप अभियान सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहने बताउँदै खोप अभियान विश्वसनीय बनाउन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker