तनहुँ–१ मा जित्नै पर्ने दबाबमा कांग्रेस उम्मेदवार भट्टराई

दमौली : रामचन्द्र पौडेलको राजनीतिक विरासत र केन्द्रीय तहका नेताहरूको उर्वर भूमिका रूपमा चिनिने तनहुँ–१ यतिबेला देशैभरको राजनीतिक चासोको केन्द्र बनेको छ। यही फागुन २१ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी बीच रोचक त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि स्थानीय स्तरमा भिजेका भट्टराईको चर्चाले नयाँ उचाइ लिएको छ ।

वि.सं. २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर देशभरका विद्यार्थीको सफल नेतृत्व गरेका भट्टराई बाल्यकालदेखि नै लोकतन्त्र र जनअधिकारका लागि समर्पित व्यक्तित्वका रूपमा चिनिन्छन्। नेविसंघको दुई कार्यकाल नेतृत्व सम्हाल्दा उनले “सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने’’ व्यवस्थाका लागि गरेको आन्दोलन र भ्रष्टाचारविरुद्धको अभियानले उनलाई सुशासनका पक्षधर नेताका रूपमा स्थापित गरेको समर्थकहरूको दाबी छ ।

दशकौं लामो राजनीतिक यात्रामा एकपटक पनि लाभको पद नलिई निरन्तर सामाजिक कार्यक्रमा सक्रिय रहेका र निष्ठाको राजनीति गर्नु नै उनको सबैभन्दा ठूलो पुँजी मानिएको छ । विशेषगरी तनहुँमा खानेपानीको समस्या समाधानमा भट्टराईले खेलेको भूमिकालाई उनको मुख्य उपलब्धिका रूपमा चर्चा गरिएको छ ।

भट्टराईको विकास अभियानले ग्रामीण जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको स्थानीय बासिन्दाको भनाइ छ। बन्दीपुर–५ भुजेल गाउँकी तारामाया भुजेलले स्वास्थ्य, शिक्षा र सडक पूर्वाधार निर्माणमा उनले सहयोग पु¥याएको स्मरण गर्छिन् ।

राजनीतिक समीकरणका हिसाबले पनि यसपटक भट्टराईको अवस्था बलियो देखिएको कांग्रेस नेताहरूको दाबी छ। अघिल्लो उपनिर्वाचनमा रास्वपालाई सघाएको जोशी समूहले यसपटक छुट्टै उम्मेदवारी दिएपछि विपक्षी मत विभाजित हुने अनुमान गरिएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरतीका अनुसार कांग्रेसको स्थिर मत र भट्टराईको व्यक्तिगत लोकप्रियता जितको आधार बन्ने अपेक्षा गरिएको छ । समग्रमा, यो निर्वाचन भट्टराईका लागि केवल एक पद प्राप्तिको प्रतिस्पर्धा मात्र नभई तनहुँमा विकास र निष्ठाको राजनीतिलाई स्थापित गर्ने अवसरका रूपमा हेरिएको समर्थकहरु बताउँछन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker