राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा सुरेन्द्र

दमौली । राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् । संघको शनिबार राति सम्पन्न दशौ अधिवेशनबाट तामाङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट संघको उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना मगर, उपसचिवमा विकास ढकाल, मनिराज थापा र कोषाध्यक्षमा सोम बहादुर तामाङ चयन भएका छन् ।
अधिवेशनको राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजिव पहारीले उदघाटन गरेका थिए । यसैबीच संघका अध्यक्षका उम्मेदवार अजित पन्थले भने असन्तुष्टि जनाएका छन् ।