एमालेमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ पदाधिकारी र केन्द्रीय कमिटी १९९ मा झार्ने प्रस्ताव

काठमाडौं । विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरुले धारणा राख्नु समय लिएका कारण नेकपा (एमाले) को जारी सचिवालय अझै केही घण्टा लम्बिने भएको छ ।

बैठक लम्बिने भएपछि खाजा खानका लागि केही समय बाहिर निस्किएका नेताहरुले कम्तिमा दुई घण्टा बैठक लम्बिने बताए ।

बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।

एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । अध्यक्षसहित ३ उपाध्यक्ष , एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव संशोधित विधानमा रहेको एक नेताले नेपाल प्रेसलाई बताए । १९९ केन्द्रीय सदस्य संशोधित विधान प्रस्तावमा उल्लेख छ ।

पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।

विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले बताए ।

१० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको थियाे । याे बीचमा मनाेनीत भएका समेत गर्दा अझ बढेकाे छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker