दमौलीमा योग तथा तनाव व्यवस्थापन शिविर

दमौली : तनहुँको दमौलीमा कर्मचारी मिलन केन्द्र र आधिकारिक ट्रेड युनियन तनहुँको आयोजना र पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा राष्ट्रसेवक कर्मचारीहरूलाई लक्षित गर्दै निःशुल्क योग तथा तनाव व्यवस्थापन शिविर सुरु भएको छ। तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा मंगलबारदेखि शिविर सञ्चालन गरिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले योगले मानसिक शान्ति र कार्यक्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रसेवक कर्मचारीहरूले यस्तो अभ्यासलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिए । उनले तनाव व्यवस्थापनमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ भएमा सार्वजनिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष मनोज रानाभाटले कर्मचारीहरूको व्यस्त कार्यतालिकाबीच स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए। शिविरमा एक सय भन्दा बढी राष्ट्रसेवक कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

शिविर अवधिभर प्रत्येक दिन देवयज्ञ (हवन)सहित योग अभ्यास गरिनेछ भने सहभागीहरूका लागि जडीबुटीजन्य चियाको व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker