छाब्दी खोलामा आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने पक्की पुल बगायो

छाब्दी खोलामा आएको बाढीले व्यास नगरपालिका–१ स्थित छाला फ्क्ट्री नजिकको पक्की पुल बगाएको छ । खोलामा आएको बाढीले बुद्धसिंह मोटरमार्ग अन्तरगत व्यासको.वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्कि पुल बगाएको हो ।
निरन्तर झरीका कारण खोलाको वहाब बढ्दा गएराती पुल बगाएको वडाध्यक्ष खरसिंह दरैले बताए । पुल बगाएसंगै बुद्धसिंह मार्ग, केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको छ । बाढीले पुल भत्किएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायतका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
छाब्दी खोलामा पानीको वहाब बढ्दा तटिया क्षेत्रका बासिन्दाहरु जोखिममा रहेका वडाध्यक्षले बताए । उनले भने, ‘छाब्दी खोला र मन्दिर आसपासमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।’










