लागुऔषधसहित तनहुँमा एकजना पक्राउ

ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेको छ । शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा ११७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन् ।

पक्राउ परेका दमैलाई आज नै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker