बन्दिपुरको नयाँपुलमा जीप दुर्घटना हुँदा चालक र ३ वटा भैंसी र एउटा पाडो घाइते

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बन्दिपुर-४ नयाँपुलमा आज भैसी बोकेको जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी जीप चालक र जीपमा ल्याइएका भैंसी घाइते भएका छन् ।

गौराबाट भैसी लिएर पोखरा तर्फआउँदै गरेको ना४च ३८४० नम्बरको जीप सडकबाट करिब २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक बिरेन्द्र खड्काले जानकारी गराए ।

दुर्घटनामा परी जीप चालक मकवानपुर गढीका २१ वर्षीय संजिव पाख्रिन घाइते भएका छन् । यस्तै, जीपमा ल्याइएका ३ वटा भैंसी र एउटा पाडोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker