भानुमा वडास्तरीय कृषि सञ्जाल गठन

भानु : कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रको समग्र विकास तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिका–१ मा वडास्तरीय कृषि सञ्जाल गठन गरिएको छ ।

वडाका कृषकहरूको उल्लेखनीय सहभागितामा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो। छलफलका क्रममा कृषकहरूले भोगिरहेका समस्या, कृषि क्षेत्रका सम्भावना तथा आवश्यकताका विषयमा सुझाव संकलन गरिएको थियो । साथै, कृषकहरूलाई संगठित, सशक्त तथा आधुनिक एवं व्यवसायिक कृषितर्फ उन्मुख गराउने लक्ष्यका साथ सञ्जाल गठन गरिएको जनाइएको छ ।

कार्यक्रममा कृषि उत्पादन वृद्धि, बजारीकरण व्यवस्थापन, प्रविधिमैत्री खेती प्रणालीको विकास तथा कृषि क्षेत्रमा देखिएका विभिन्न चुनौतीहरूको समाधानका लागि कृषकहरूको साझा आवाजलाई सशक्त बनाउने विषयमा विशेष जोड दिइएको थियो । सहभागीहरूले सञ्जालमार्फत कृषकहरूबीच अनुभव आदानप्रदान, सूचना प्रवाह तथा क्षमता विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।

भेलाले ऋषि अधिकारीको संयोजकत्वमा ११ सदस्यीय वडा स्तरीय कृषि सञ्जाल समिति चयन गरिएको छ। समितिको सहसंयोजकमा भवानी त्रिपाठी, सचिवमा सारदा पिया, सहसचिवमा सविता अधिकारी तथा कोषाध्यक्षमा अन्जु बानियाँ चयन भएका छन् । समितिका सदस्यहरूमा भगवान बोटे, अमृता तामाङ, निमा कुमारी भुजेल, रनसिंह तामाङ, सारदा कुमाल तथा सम्भु कुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, सञ्जालको सल्लाहकार समितिमा वडा अध्यक्ष कान्छीमाया तामाङ, भानु नगर उद्योग वाणिज्य संघका सभापति कृष्णकुमार श्रेष्ठ तथा समाजसेवी विष्णुप्रसाद मिश्र चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कृषकहरूको उत्पादन वृद्धि, कृषि व्यवसायको प्रवर्द्धन, बजारीकरणको सहजता तथा कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो । नवगठित सञ्जालले कृषकहरूको साझा हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै वडा नं. १ को कृषि विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker