जनज्योति क्याम्पस भिमादका १७औं क्याम्पस सभा

भिमाद : तनहुँको भिमाद नगरपालिकाको जनज्योति क्याम्पसले बुधबार १७औं क्याम्पस सभा सम्पन्न गरेको छ । उक्त क्याम्पस सभामा विभिन्न प्रतिवेदन हरू माथि छलफल, सुधारका उपायका सम्बन्ध छलफल गरी प्राप्त सुझावलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुका साथै दीर्घकालीन महत्वका विभिन्न नीतिगत निर्णय गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले जानकारी गराए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा आयोजित क्याम्पस सभामा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, ऋसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, क्याम्पस सञ्चालक समिति सदस्यहरू लगायतको उपस्तिथिमा विभिन्न प्रतिबेदनहरु छलफल गरी अनुमोदन गरिएको थियो ।
क्याम्पस सभामा क्याम्पस प्रमुख काफ्लेले क्याम्पसको प्रतिवेदन, सहायक क्याम्पस प्रमुख शिवादत्ता चापागाईले क्याम्पस सुधार योजना, सदस्य सचिव लक्ष्मी श्रेष्ठले अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन र सदस्य सचिव जनकराज श्रेष्ठले शैक्षिक परिक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।










