एमबिएस विद्यार्थीका लागि तीनदिने आवासीय शोध लेखन कार्यशाला

दमौली : आदिकवि भानुभक्त क्याम्पस दमौली, द्रव्यशाह बहुमुखी क्याम्पस गोरखा र मर्स्याङ्दी बहुमुखी क्याम्पस लमजुङको संयुक्त आयोजनामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबिएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि तीनदिने आवासीय “Proposal & Dissertation Writing Workshop for MBS Students” शुक्रबारदेखि बन्दीपुरमा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन सत्र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुखले सामुदायिक क्याम्पसबीचको शैक्षिक सहकार्य तथा शोध अनुसन्धान लेखनको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहायक प्रमुख विश्वेश्वर तिमल्सेनाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायी तथा समाजसेवी कमल पाण्डितको समेत उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा स्रोत व्यक्तिका रूपमा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनका शोध तथा अनुसन्धान समितिका प्रमुख प्रा. डा. कपिलदेव सुवेदी, वीरेन्द्र बहुमुखी क्याम्पसका बीबीए कार्यक्रम निर्देशक महेश घिमिरे, आदिकवि भानुभक्त क्याम्पसका पूर्व निर्देशक वीरेन्द्र पौडेल तथा सरल श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यसैगरी, आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन विभागका प्रमुख जनक काफ्लेले कार्यशालाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आलेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य ठाकुरबहादुर दरै, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, बीबीए कार्यक्रम निर्देशक चिजकुमार श्रेष्ठ तथा प्राध्यापकहरू सदाखर तिमिल्सेना, दीपा थापा र बुद्धकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। साथै व्यवस्थापन विद्यार्थी सर्कलका अध्यक्ष अंकित तिवारी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

कार्यशालामा आदिकवि भानुभक्त क्याम्पसका व्यवस्थापन विषयका ७ जना प्राध्यापक र २३ जना एमबिएस विद्यार्थी, द्रव्यशाह बहुमुखी क्याम्पसका १ जना प्राध्यापक र १६ जना विद्यार्थी तथा मर्स्याङ्दी बहुमुखी क्याम्पसका २ जना प्राध्यापक र १० जना विद्यार्थी सहभागी रहेका छन्। तीनवटै क्याम्पसबाट व्यवस्थापन विषयका कुल १० जना प्राध्यापक र ४९ जना एमबिएस विद्यार्थी कार्यशालामा सहभागी भएको आयोजकले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker