तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

दमौली : जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो ।
कार्यालय प्रमुख ऋषिराम अधिकारीले जिल्लामा १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको र त्यसका लागि ४९ गणक तथा सात जना सुपरिवेक्षक खटाइएको जानकारी दिनुभयो ।
प्रतिष्ठानको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन, नीति निर्माण, योजना तर्जुमा र लक्ष्य तथा प्रगतिको मापन, कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखा अनुमानका लागि तथ्याङ्क उत्पादन गर्न आर्थिक गणना महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख अधिकारीका अनुसार आर्थिक गणनामा सङ्कलित विवरणहरू पूर्ण रूपले गोप्य रहनेछन् । ती विवरण तथ्याङ्कीय प्रयोजनका लागि प्रयोग गरिने र सामूहिक प्रतिनिधित्व हुनेगरी मात्र प्रकाशन गरिने छ ।
विसं २०७५ मा गरिएको गणनाअनुसार जिल्लाभर १२ हजार ४३३ प्रतिष्ठान रहेका थिए । तीमध्ये छ हजार ९१५ दर्ता र पाँच हजार ५१८ दर्ता भएका थिएनन्  ।
आर्थिक गणनामा कृषि, वन, पशुपालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत् तथा ग्यास, पानी आपूर्ति, फोहर व्यवस्थापन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवा, वित्तीय तथा बिमा, घरजग्गा व्यवसाय, शिक्षा, मानव स्वास्थ्य र सामाजिक कार्यलगायत समावेश गरिनेछन् ।
आर्थिक गणनामा औद्योगिक प्रतिष्ठानहरूको परिचयात्मक विवरण, सञ्चालन गरेका प्रमुख आर्थिक क्रियाकलाप, संस्थागत क्षेत्र, दर्ता स्थिति, रोजगारीसम्बन्धी विवरण, व्यवसाय सञ्चालन, लेखाको स्वरुप, आम्दानी तथा खर्चसम्बन्धी विवरण, ऋण, लगानी तथा वैदेशिक ऋणलगानीसम्बन्धी विवरणलगायत विविरण सङ्कलन भइरहेका कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच सोमबार बसेको सरोकार भएकाहरूको बैठकले स्थलगत गणनाको बाँकी अवधिमा सूचनामूलक सन्देशका लागि थप प्रचारप्रसार गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आर्थिक गणनामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले गणनाका क्रममा सङ्कलित विवरण नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समेत महत्त्वपूर्ण सन्दर्भका रूपमा प्रयोग गरिने भएकाले यसमा सरिक हुन आग्रह गर्नुभएको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker