तनहुँको भानुमा नगरस्तरीय नमुना युवा संसद कार्यक्रम

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा नगरस्तरीय नमुना युवा संसद कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत नमुना नगरसभाको अभ्यास सम्बन्धी चारदिवसीय प्रशिक्षण गरिएको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै युवाको नेतृत्व विकासका लागि उपलब्धीमुलक बन्ने विश्वास व्यक्त गरे ।

नगरपालिका क्षेत्रका १६ देखि २४ वर्ष उमेर समुहका ३३ जना युवाहरूको सहभागिता रहेको प्रशिक्षणमा नगरप्रमुख त्रिपाठीले युवाको नेतृत्व विकासका लागि नगरपालिका सधै सकरात्मक रहेको बताए ।

आजका युवा भविष्यका यो देशका कर्णधार भएकोले युवालाई संविधान, कनुन, विधायिकी प्रक्रिया, अनुशासन, राष्ट्रियता, पद्धति तथा अधिकार र कर्तव्यबोधको भावना जागृत गराउनु जरुरी रहेको हुँदा प्रशिक्षण सञ्चालन गरिएको नगरप्रमुख त्रिपाठीले बताए । उनले भने, ‘युवालाई राज्यको मुल प्रवाहमा समाहित गर्दै शासन सञ्चालनका हरेक विधि र पद्धतिको बारेमा जानकार बनाई नेतृत्व क्षमता विकास गराउने कार्यक्रमको उद्देश्य हो ।’

राष्ट्रिय युवा परिषदबाट सशर्त कार्यक्रमको रूपमा प्राप्त संसदीय अभ्यासमा विशेषतः राष्ट्रिय युवा नीति २०७२, युथभिजन २०२५, नमुना युवा संसदको अवधारणा, संरचना, महत्व र अभ्यास गर्ने सीप सिकाइने नगर शिक्षा अधिकारी उपसचिव ध्रुवराज पौडेलले बताए ।

यस्तै, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अन्तरसम्बन्ध, सूचनाको हक सम्बन्धी ऐन २०६४ र सुशासन प्रबर्द्धनमा युवाको भुमिका, स्थानीय स्तरको योजना निर्माण प्रक्रिया, वस्तीस्तरको योजना निर्माणमा युवाको सहभागिता र भूमिका, नगर सभा सञ्चालन कार्यविधि, सभा सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, वार्षिक नीति तथा कार्यक्रम निर्माण, प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया, नमुना विधेयक निर्माण, प्रस्तुति, छलफल र पारित गर्ने विधि, आय व्यय विवरण (बजेट) निर्माण र प्रस्तुतीकरण तथा विषयगत समिति र सभाका सदस्यहरूको भूमिकाका बारेमा छलफल गरी चौथो दिन जीवन्त नमुना नगर सभाको प्रस्तुतीकरण गरिने शिक्षा अधिकारी पौडेलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलको अध्यक्षतामा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा उपप्रमुख उमा गोतामे, वडा नं १ का वडाध्यक्ष कान्छीमाया तामाङ, कार्यपालिका सदस्य राजु सुर्खाली लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker