तनहुँको झाँगाझोली : दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य

तनहुँ : अहिले हामी दशैं पर्वको उल्लासमा छौ । यो दशैंको लामो विदामा सुस्ताउन दिने प्रकृतिको मनोरम ठाउँ तनहुँको झाँगाझोली उत्कृष्ठ गन्तब्य बन्न सक्छ । प्रकृतिक छटाले सम्पन्न देखिने झाँगाझोली दशैंको विदामा पर्यटकहरूको आकर्षक केन्द्र बनेको छ। धार्मिक र प्राकृतिक सौन्दर्यले भरिएको गन्तव्यको झाँगाझोली दशैंको विदामा समेत विदा मनाउने ठाउँको रुपमा स्थापित हुँदै गएको छ।

पछिल्लो तीन वर्षमा यहाँ उल्लेख्य पूर्वाधार विकाससँगै झाँगाझोलीको मुहार नै फेरिएको छ। संघीय सरकारको उच्च प्राथमिकतामा परेको झाँगाझोली–दरगाउँ सडक र तीनखोले मार्गको स्तरोन्नति भएपछि यहाँको यात्रा सहज भएको छ। खैरेनीटार–झाँगाझोली सडक खण्ड कालोपत्रे भइसकेको छ भने झाँगाझोली–दरगाउँ सडकमा नियमित बजेट विनियोजन हुँदै आएको छ।

पृथ्वी राजमार्गको खैरेनीटारबाट जम्मा २.५ किलोमिटर दुरीमा पर्ने झाँगाझोली हरियाली जंगल, चिसो कुम्ले खोला, ऐतिहासिक कोट मन्दिर, तीनखोलेदेवी मन्दिर, घुमाउने झरना, चराचुरुङ्गीको बासस्थान लगायतका कारणले धार्मिक तथा जैविक पर्यटकीय क्षेत्रको रुपमा चर्चित बन्न थालेको छ।

पर्यटक आगमनमा समेत उल्लेखनीय वृद्धि भएको छ। झाँगाझोली भिलेज रिसोर्टका प्रबन्धक निर्देशक शंकर प्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत्रसम्म ३० हजारभन्दा बढी पर्यटक यहाँ पुगेका छन्। दैनिक तीन सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक झाँगाझोली पुग्ने गरेका छन्।

रात्रीकालीन बसोबासको माग बढेसँगै झाँगाझोली भिलेज रिसोर्टले आधुनिक, आरामदायी कोठाको संख्या विस्तार गरेको छ। हाल ४०–५० जनासम्मको समूहलाई सेवा दिन सक्ने सुविधासम्पन्न संरचना तयार गरिएको छ। त्यस्तै, रिसोर्ट परिसरमै फलफूलको बगैँचा, जडीबुटी उद्यान, लोपोन्मुख सामग्रीको संग्रहालय, सातै प्रदेशका विशेष वस्तुहरू राखिएको प्रादेशिक कोसेली घर जस्ता आकर्षणहरू थपिएका छन्।

झाँगाझोलीमा देखिएका नाराहरू “तनाव व्यवस्थापनका लागि झाँगाझोली”, “झाँगाझोली तनहुँ–एक अनुपम अनुभूति” यहा आउने जो कोहीले महसुस गर्ने गरेका छन्।

साथै, सिन्धुली–सुनकोशी गाउँपालिकाकी ९० वर्षीय गौरादेवी दाहालको नाममा निर्मित ‘गौरादेवी नेचुरल हर्बल पार्क’ अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित भएको छ। जडीबुटी र चराचुरुङ्गीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्ने सम्भावना देखिएको छ।

संक्षेपमा, झाँगाझोलीले धार्मिक, प्राकृतिक र शैक्षिक पर्यटनको उत्कृष्ट समन्वय गर्दै तनहुँको पर्यटकीय विकासमा नयाँ अध्याय थपेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker