होला त समस्याको समाधान

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिका चोकदेखि मुख्य बजार चोकसम्मको सडक चिल्लो भएर दुर्घटना हुन थालेपछि मंगलबार डोजर सडक खोस्रेर खस्रो बनाइदै । उक्त सडकखण्डमा दिनहुँ दुर्घटना हुन थालेको र सरोकारवाला निकायलाई समस्याको समाधानका लागि पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि गाउँपालिकाले सडकमा डोजर लगाएर खस्रो बनाएको हो । तस्विर : भञ्ज्याङ










