व्यास नपाद्वारा वडा विपद् समिति पुर्नगठन

व्यास नगरपालिकाले वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कार्यविधि अनुसार वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको हो ।
वडा विपद् समितिको संयोजकमा सम्बन्धित वडाका अध्यक्ष रहने व्यवस्था छ । बैठकमा व्यास नगरपालिका भित्र हालै आएको बाढी पहिराबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरिएको छ ।
साथै वर्षात्को समयमा सतर्क रहन र कुनै विपद्जन्य समस्या भएमा ०६५–५६००३४ मा तत्काल सूचना दिन समेत नगरवासीमा अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
बैठकमा व्यास नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा आएका औपचारिक अनौपचारिक सुझावहरुका सम्बन्धमा समिक्षा गरी आगामी नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।










