म्याग्देमा लैंगिक हिंसा सम्बन्धी कानुनी साक्षरता अभिमुखिकरण

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले लैंगिक हिंसा विरुद्धाको १६ दिने अभियान अन्तरगत लैंगिक हिंसा सम्बन्धी कानुनी साक्षरता तथा अभिमुखिकरण करण कार्यक्रम गरेको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले महिलाहरु हिंसामा नपरुन्, हिंसामा परेका महिलाहरुले विषयवस्तु जानकारी पाउन भन्ने उद्देश्यका साथ विषयविज्ञहरुद्वारा सहजिकरण गरिएको बताइन् ।

महिलाहरू हिसामा पर्दा कानुनी तथा सरकारी सहायता कसरी लिने भन्ने विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा अधिवक्ता रच्चु आलेले सरकारले संचालन गरेको लैंगिक हिंसा अभियान प्रभावकारि रहेकाले यस्ता अभिमुखिकरण कार्यक्रम मार्फ महिलाहरूले कानुनी विषयवस्तु जानकारी पाउन मद्दत पुग्ने बताएका थिए । विभिन्न कारणबाट हिंसामा परेका महिलाका लागि आफुले कानुनी रूपमा न्यायका लागि लढ्ने गरेको आलेले बतए।

म्याग्दे गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष शिव शरण वाग्ले, वडा नं. ३ का वडा अध्यक्ष श्रीबहादुर राना, वडा नं. ४ का अध्यक्ष प्रेम वहादुर थापा, कार्यपालिका सदस्य बद्रीका घिमिरे, वडा सदस्य निर्मला वाग्ले लगायतकाले कार्यक्रमका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

यस्तै, गाउँपालिकामा महिलाहरूद्वारा सचालित वराहि वचत तथा ऋण सहकारि संस्थाका उपाध्यक्ष शोभा अधिकारि, छाङ्ग मनपाङ्ग वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमारी राना, मनपाङ्ग ऋण तथा वचत सहकारी संस्थाका लक्ष्मी वाग्ले, छाङ्ग मनपाङ्ग सामाजिक उद्यमी संस्थाका उपाध्यक्ष राधा सुवेदी, मगर समाजका अध्यक्ष नरमाया आले, गुरूङ समाजका अध्यक्ष आशा गुरूङ लगायतकाले लैगिंक हिंसा सम्बन्धी प्रशिक्षण कार्यक्रम उपलब्धी मुलक र प्रभावकारी भएको बताएका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker