शसस्त्र प्रहरी बलको २१औं स्थापना दिवश
भञ्ज्याङ समाचारदाता/भानु

शसस्त्र प्रहरी बलको २१औं स्थापना दिवश मनाईएको छ । तनहुँको भानुमा रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २३ हे.क्वा. मनकामना गणले सोमबार एक कार्यक्रमका बीच २१औं स्थापना दिवश मनाईएको हो ।
कार्यक्रममा शसस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक कृष्णराज पाठकले शसस्त्र प्रहरी बल जनताको जीउ धनको सुरक्षामा अनवरत रुपमा खटिरहेको भन्दै स्थानीय रुपमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफू मातहतका सुरक्षा निकायमा कार्यरत जनशक्तिहरुलाई चेन अफ कमाण्डमा रहि असल कार्य गर्न निर्देशन समेत दिए ।
मनकामना गणका गणपति कमलचन्द्र गैह्रेका अनुसार २०५८ साल फागुन २९ गतेका दिन स्थापना भएको शसस्त्र प्रहरी बलको स्थापना दिवशको अवसरमा शसस्त्र प्रहरी बलका उत्कृष्ट कार्य गर्ने, विभिन्न प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो । दिवसका अवसरमा अमर शहीदहरु प्रति सलामी अर्पण र विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, रुरु भैरब दल भानुका गणपति प्रमुख सेनानी हिमाचल जङ शाह, कालीभञ्ज्याङ दल दमौलीका गणपति प्रमुख सेनानी रामज्योति बोहोरा, भूपू प्रहरी नायब महानिरीक्षक खोजबहादुर गुरुङ, नेपाल प्रहरी तनहुँका प्रहरी उपरीक्षक अबदेश बिष्ट, राष्ट्रिय अनुसन्धन प्रमुख शुरेस कुमार तिवारी, बन्दिपुर वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, भानु नगरपालिकाका निर्वमान जनप्रतिनिधीहरु, पालुङ्टार ७ मा रहेको कामधेनु गाई फार्मका संचालक राजेन्द्र पन्त, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए ।










