तनहुँ सेवा समाज दोहा कतारद्वारा न्यानो कपडा वितरण

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

रोगजारीको शिलशिलामा कतारमा रहेका तनहुँगेहरुको संगठित समुह तनहुँ सेवा समाज दोहा कतारले जिल्लाका विपन्न परिवालाई न्यानो कपडा हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहरुमा रहेका ७० विपन्न घरपरिवालाई समाजले ब्ल्याङकेट उपलब्ध गराएको हो ।

जिल्लाका १० वटै पालिकाबाट ७ जनाको दरले विपन्न परिवार छनोट गरी ब्ल्याङकेट हस्तान्तरण गरिएको समाजका सदस्य राजु सुवेदीले बताए । विहीबार जिल्लाका शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा पुगी न्यानो कपडा वितरण गरिएको सुवेदीले बताए । उनका अनुसार स्थानीय तहसंग सवन्वय गरी अबको चार दिनभित्र सहयोग हस्तान्तरण गरिसक्ने बताइएको छ ।

शुक्लागण्डकी नगरपालिकामा भएको कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रवासमा रहेर जिल्लावासीका लागि सहयोग गर्नु उदाहरणीय काम भएको बताउँदै समाजलाई धन्यवाद दिए । समाजको यस कार्यले विपन्न परिवारलाई ठुलो सहयोग पुग्ने बताए ।

त्यस्तै समाजका पुर्वअध्यक्ष केश गुरमाछान मगरले जिल्लाका प्रत्येक स्थानीय तहका विपन्न परिवारलाई सम्बोधन गर्ने गरी सहयोगको कार्यक्रम ल्याएको बताए । समाजसंग बजेट पर्याप्त नभएकाले यसपटक सबै वडाहरुलाई समेट्न नसकिएको बताउँदै आगामी कार्यक्रममा छुटेका परिवारलाई समेट्ने पुर्वअध्यक्ष मगरले बताए । जिल्ला तथा देशमा अप्ठ्यारोमा परेका परिवारलाई समाजले विभिन्न सहयोगको कार्यक्रमहरु गर्दै आएको छ । जिल्लाका क्यान्सर पीडित, मृगौला पीडित लगायत दीर्घरोगीहरुको उपचारमा सहयोगार्थ सहयोग जुटाउँदै आएको समाजले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker