जेसीआई व्यास नगरमा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

भञ्ज्याङ न्यूज

जेसीआई व्यास नगर नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न २६औं शाखा अधिवेशनमा अध्यक्षका लागि भएको मतदानमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन् । उनले ७० मत प्राप्त गर्न सफल भएका थिए ।

अध्यक्षका उम्मेदवार नवीन पुरीले २१ तथा अर्का उम्मेदवार इन्द्रलाल श्रेष्ठले दुइ मत पाएका थिए । निर्वाचनमा ९५ मत खसेकामा दुइ मत बदर भएको थियो ।

नव निर्वाचित अध्यक्ष खनालले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षका आकांक्षी कृष्ण सुनार र सुमित ढुङ्गानाले भने उम्मेदवारी फिर्ता लिएका थिए । बाँकी पदमा र्सवसम्मत चयन भएका छन् ।

संस्थाको कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल सर्वसम्मत निर्वाचित भएका छन् भने उनलाई पुरी र श्रेष्ठले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष रमेश अधिकारी, निर्वाचन आयुक्त पाबिन्द्र भट्टराइ तथा वर्ष २०२० का अध्यक्ष भरतकुमार श्रेष्ठले निर्वाचित अध्यक्षसहित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

२६औं शाखा अधिवेशनले र्सवसम्मत रुपमा गुरुङ र मल्ललाई निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरे र्सवसम्मत चयन भएका छन् ।

यस्तै, निर्वाचित अध्यक्ष खनालले कानूनी सल्लाहकारमा राजु रानालाई मनोनयन गरेका छन् । बाँकी पदमा भने मनोनयन हुन बाँकी रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker