डुम्रे स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था नयाँ कार्यसमित चयन गरेको छ । सहकारीको १३औं वार्षिक साधारणसभा तथा पाँचौं अधिबेशनले परशुराम अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा ओम कुमार श्रेष्ठ, सचिव अनिल प्रजापति, कोषाध्यक्ष अर्जुन श्रेष्ठ सदस्यहरूमा सुजन श्रेष्ठ, दिपेश बानिया, अर्जुन कुमार श्रेष्ठ, विशाल श्रेष्ठ, दिपक कुमार श्रेष्ठ चयन भएका छन् ।
यस्तै, कृष्ण कुमार श्रेष्ठ संयोजक राजु श्रेष्ठ र राजकुमार श्रेष्ठ रहने गरी तीन सदस्यीय लेखा समिति गठन गरिएको सहकारीका व्यवस्थापक अर्णमान श्रेष्ठले जानकारी गराए । उक्त सहकारीको अधिवेशन समारोहलाई सम्बोधन गर्दै बचत तथा ऋण सहकारी संघ तनहुँका अध्यक्ष देवी बहादुर बस्नेतले सहकारीहरु आफ्नो उद्देश्य र कार्यविधि अनुसरा चल्नुपर्ने बताए । उनले सानो लगानिमा सञ्चालित व्यवसायको प्रवर्द्धन तथा वचतका विषयमा सहकारीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका थिए ।










