तीन महिनामा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा ३९ को मृत्यु

  • टेकराज पोखरेल (नवलपुर)

चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् । नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उहाँले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिनुभयो ।

कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार÷चार वटा सवारी साधन दुर्घटनामा दुई÷दुई जनाले ज्यान गुमाएका ढकालले बताउनुभयो । त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक÷एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप÷कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई÷दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताउनुभयो । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताउनुभयो । यातायात व्यवस्था विभागसँग समवन्यगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ । त्यस्तै सवारी साधनको गति सीमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशमा आव २०७६÷०७७ मा ४३१ वटा दुर्घटनामा परी २२३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित ४२४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालले बताउनुभयो । यो वर्ष ३४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ढकालले जानकारी दिनुभयो ।

नहरमा डुबेर बालक बेपत्ता

गण्डक नहरमा डुबेर आइतबार साँझ एक जना बालक बेपत्ता भएका छन् । विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् ।

विनयीत्रिवेणी गाउँपालिका–७ का प्रेम मिश्रले नहरको नजिकै ना१ह ४५७८ नम्बरको ई–रिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ई–रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भइ नहरमा खसेको प्रहरीले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker