६० जना विपन्न विद्यार्थीलाई पोशाक वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-११ फराकचौर स्थित बाराही माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा विद्यालय पोशाक पाएपछि उनीहरुको मुहारमा खुसीयाली छाएको हो ।

सामाजिक कार्य गर्ने हेतुले युनियन एजुकेशनका प्रोपाइटर रमेशबाबु भटराइले ६० जना विपन्न एवं असहाय विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । पोशाक वितरण गदै उनले भने, ‘आफुले ५ वर्ष पढाएको विद्यालयमा सहयोग गर्न पाउँदा निकै हर्षित छु ।’

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतले युनियन एजुकेशनका सञ्चालकलाई धन्यवाद व्यक्त गरे । नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको समन्वयमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष समेत रहेका भटराइ उक्त विद्यालयका पूर्व शिक्षक हुन।

जुनियर युवा रेडक्रस सर्कल बाराही माध्यमिक विद्यालयका अध्यक्ष भुवन घर्तीको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिराबहादुर अधिकारी, युवा रेडक्रस सर्कल आदिकवि भानभक्त क्याम्पसका सचिव सविन लामिछाने, र्सकलका शिक्षक नायव सन्देश अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker