उद्यमशिलता तालिमबाट लघु उद्यमि सृजना हुँदै

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको उधमशिलता विकास तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ४ मा सञ्चालन गरिएको तालिम विहीबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले लघु, घरेलु तथा साना उद्यमि सृजनाका लागि उधमशिलता विकास र सीप विकास तालिम प्रभाबकारि हुने विश्वास व्यक्त गरेकी छन् । अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगो आर्थिक विकास हुने बताएकी छन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले स्वरोजगार बन्ने गरी सीप सिक्न सहभागिलाई आग्रह गरेका छन् । स्थानीय कच्चा पदार्थमा आधारित सीप सिक्दा उद्यमिले सीप विकास तालिम पश्चात् व्यवसाय गरन सक्ने उपाध्यक्ष घिमिरेले बताए ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमि सृजना गर्न उद्यमशिलता विकाश तालिम कार्यक्रम निकै प्रभावकारि हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । लघु, घरेलु, तथा साना उद्योगहरू सचालन गर्न सीप सिके पश्चात कम लगानिमा घरघरमै उद्योग सचालन गर्न सकिने भएकाले उद्यमिको चहना अनुसार कुसल प्रशिक्षकबाट सीप सिकाई उद्यमि सृजना गर्ने उनले बताए ।

वडा नं. ४ का वडा सदस्य बदिका घिमिरेको सभापतित्वमा आयोजित तालिम समापन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष प्रेम वहादुर थापा, शुष्मा नागिला, पवन कुमार तिवारी लगायतकाले व्यवसाय सचालनका लागि उद्यमशिलता तालिमले उद्यमि सृजनाका लागि महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

त्यस्तै, उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले उद्यमशिलता तालिम लिएकालाई सिपविकास तालिममा सहभागी बनाउने र यस तालिममा ४२ जना सहभागि भएको बताए । गाउँपालिकाले यस वर्ष नयाँ उद्यमि ९० र स्तरोउन्नति ५० गरी १३० उद्यमि यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker