“थानीमाईलाई फूलको डोली”

धार्मिका आस्था र विश्वासले भरिपूर्ण थानीमाई मन्दिरमा फूलको डोली लाने तथा रातभर जागाराम बसी बत्ति बाल्ने भक्तजनहरु बढ्दै जान थालेका छन् । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा विशेष गरी कात्तिक, मंसिर, माघ महिनामा भक्तजनहरुले आफ्नो मनोकाङ्क्ष पुरा भएको भन्दै फूलको डोली लिएर जाने गर्छन भने कोही भक्तजनहरुले मनोकाङ्क्ष पुरा होस भन्दै रातभर जागाराम बसी बत्ति बाल्ने गर्दै आएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार कात्तिकको तेस्रो मंगलबार हिजो ५८ फूलको डोली भित्रिएका छन् । समितिका अध्यक्ष जीवन थापाका अनुसार तनहुँबाट २४, लमजुङबाट ११, गोरखाबाट १०, चितवनबाट आठ, काठमाडौबाट दुई र पोखराबाट तीन डोली भित्रिएका थिए । यस्तै, ७ हजार ५५७ जना भक्तजनले मन्दिरमा पूजाआजा गरेका थिए भने ५७१ जनाले सोमबार राती मन्दिर परिसरमा जागाराम बसेर बत्ती बाल्नेका थिए । कात्तिकको दोस्रो मंगलबार मन्दिरमा ८६ फूलको डोली भित्रिएका थिए । कात्तिकको पहिलो मंगलबार औंसी परेका कारण फूलको डोली भित्रिएका थिएनन् ।

भक्तजनहरू फूलको डोली र पञ्चैबाजा÷भजनकृतनसहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकाङ्क्ष भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker