समावेसीतर्फका ७ जना पत्रकारनिर्वाचित
भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पत्रकार महासंघ तनहुँको गण्डकी तथा प्रदेश परिषद्का समावेसी सदस्यहरु सर्वसम्मत भएका छन् । समावेसीतर्फा प्रदेश परिषद सदस्यमा पूर्ण विक, रविना ढकाल, राजकुमार श्रेष्ठ र राजिवलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी कार्यसमिति सदस्य तर्फ अन्य समावेशी सदस्य पदका उम्मेदवार रामशरण नेपाली र केन्द्रीय परिषदका समावेसी सदस्यमा रामबहादुर घले र्सवसम्मत निर्वाचित भएका छन् ।
निर्वाचितमा प्रदेश परिषद सदस्य पूर्ण र राजिव प्रेस युनियन तथा रविना र राजकुमार प्रेस चौतारीका उम्मेदवार हुन् । यसैगरी समावेसी सदस्यमा सर्वसम्मत रामबहादुर घले भने प्रेस सेन्टर भए पनि चौतारी गठबन्धनका उम्मेदवार थिए । बुधबार हुने मतदानमा प्रदेश र संघीय दुबैमा खुलातर्फका उम्मेदवारबीच मात्र प्रतिष्पर्धा हुने देखिएको छ ।
नेपाल पत्रकार महासंघको विधान अनुसार व्यवस्था गरिएको समावेसीतर्फका ती पदमा दावी विरोध नपरेकाले र्सवसम्मत निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक एवं अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।










