बन्दिपुरको १०औं गाउँसभाबाट विभिन्न कार्यविधि, विधेयक र ऐन पारित
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले १०औं गाउँसभा विभिन्न कार्यविधि, विधेयक र ऐन पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको सभापतित्वमा आयोजित गाउँसभामा गाउँसभा सदस्यहरु बीच विधेयकहरु छलफल पश्चात पारित गरी गाउँसभा समापन गरिएको हो । गाउँसभामा स्थानीय खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यबिधि २०७८, गाउँपालिकाको छात्राबृत्ति बितरण सम्बन्धी कार्यबिधि २०७८ छलफल पश्चात पारित गरिएको छ ।
यस्तै, गाउँसभमा खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७८, गाउँपालिका भुमि बिधेयक २०७८, गाउँपालिकाको वन ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७८ पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट बताए ।
गाउँसभामा भवन निर्माण मापदण्ड २०७८, कृषि तथा पशुपंक्षी ऐन २०७८, बन्दिपुर गाउँपालिकाको प्रशासकीय कार्यबिधी नियमित गर्ने ऐन २०७८, गाउँपालिका कर्मचारी सेवा ब्यवस्थापन गर्न बनेको ऐन २०७८ पनि पारित गरिएको उनले बताए ।
कर्मचारी, सञ्चारकर्मी, शिक्षक तथा विभिन्न संघ संस्था सम्मानित
त्यस्तै, गाउँपालिकाले उत्कृष्ट सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारी तथा विभिन्न संघ संस्थालाई सम्मान गरेको छ । दशौं गाउँसभाका अवसरमा गाउँपालिकाले बन्दिपुर अस्पतालका मे.सु. डा विमल दुवाडी, बन्दिपुर अस्पतालका ल्याब टेक्निसियन सुनील थापालाई र कुकुर्दी सामुदायिक स्वास्थ्य केन्द्रका अहेवा अर्जुन गुरुङलाई सम्मान गरेको छ ।
सञ्चार माध्यमबाट गाउँपालिकाका गतिविधि प्रचार प्रसार गर्न सहयोग पुर्याएको भन्दै ७ जना पत्रकार तथा सञ्चारकर्मीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । गाउँसभाका अवसरमा गाउँपालिकाले अस्मिता खनाल, प्रताप राना, विनोद ढुंगाना, सुनिता आचार्य, शिला वाग्ले, चित्र नान्सी गुरुङ र किरण श्रेष्ठलाई सम्मानित गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुरुणा गुरुङले बताइन् ।
गाउँपालिकाले मिलिजुली कृषक समुह, मुकुन्देश्वरी कृषि अर्गानीक फम (सामुहीक), हरियाली कृषक समुह, ढकाल नर्सरी (दामोदर ढकाल), आँधीमुल तरकारी उत्पादक कृषि सहकारी संस्थालाई कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको छ ।
पशुपालक तर्फ याम्पा दुग्ध उत्पादक सहकारी संस्था, भट्टराइ मल्ट्री एग्रो फर्म, नबिन गुरुङलाई पनि सम्मान गरिएको छ । यस्तै, विद्यालय तथा शिक्षकहरु तर्फ पवित्र माध्यमिक विद्यालय, जगदिश्वर आ.वी., शरद चन्द्र खनाल (पवित्र मावि), टिकाराम गिरी (भँगेरी प्रावि), विष्णु गुरुङ (अरुण मावि)लाई गाउँपालिकाले सम्मान गरेको छ ।
यस्तै, उपभोक्ता समुह तर्फ वडा नं. १ को ज्योति मार्ग, वडा नं. २ को सुर्यकुमारको घरबाट कोखा गाउँ जाने बाटो, शेराटार हेमपाईप निर्माण, जुमडाँडा खानेपानी उपभोक्ता समिति, याम्पा खानेपानी, ज्ञान्पादेखि साम्दी मोटर बाटो उपभोक्ता समितिलाई पनि दशौं गाउँसभाका अवसरमा सम्मान गरिएको छ ।
गाउँपालिकाले सहकारी तर्फ वडा नं. ३ को हिमशिखर सहकारी संस्थालाई सम्मान गरेको छ । सुरक्षा निकायतर्फ गाउँपालिकाले इलाका प्रहरी कार्यालय बन्दिपुर, डुम्रे प्रहरी कार्यालयका प्र.ना.नी बिरेन्द्र खड्का र इप्रका बन्दिपुरका युवराज सलामीलाई सम्मान गरेको छ । फोहरमैला सवारी चालक सुजन कुसुले र सुक बहादुर कर्साईलाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।










