बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग

दमाैली : तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीलाई उनले बिहीबार विद्यालय पोशाक सहयोग गरेका हुन् ।

आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक सहयोगका लागि विद्यालयबाट माग भएपछि सहयोग गरिएको उनले बताए । वडाकै पुरानाे विसं २०२९ सालमा स्थापना भएकाे विद्यालयमा जनजाति तथा दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका शिक्षक ईश्वर बास्तोलाले गफ्फारले गरेका सामाजिक कामकाे बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक किशोर सुनामले सराहनीय कार्यको प्रंश‌सा गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker