किसानलाई अनुदानमा आलुको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो ।

कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

कार्यपालिका बैठकले जलस्रोत कार्यविधि २०७८ पारित गरी नगरप्रमुखको अध्यक्षतामा जलस्रोत समिति गठन गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई निर्देशन दिने निर्णय भएको छ ।

विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले आगामी पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीको आब २०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker