पाँचौ ऋषिङ साँस्कृतिक महोत्सव हुने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

ऋषिङ गाउँपालिकाको झोर्ले गणेश युवा क्लवले पाँचौं ऋषिङ साँस्कृतिक महोत्सव गर्ने भएको छ। ‘संस्कृति संरक्षण, प्रतिभा प्रोत्साहन र पर्यटन प्रवर्द्धनका लागि पाँचौ ऋषिङ्ग साँस्कृतिक महोत्सव’ भन्ने मुल उद्देश्यका साथ यही फागुन २८ देखि चैत १ गतेसम्म ऋषिङ्ग गाउँपालिका वडा नं. ६ को गोठादिमा महोत्सव गर्ने लागिएको हो ।

महोत्सवका विषयमा जानकारी गराउने उद्देश्यले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी स्थानीय संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसा, कृषि तथा हस्तकला प्रवर्द्धन र आर्थिक गतिविधिमा टेवा गर्दै ऋषिङको पहिचान स्थापित गर्न योग्दान पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक सम्भु थापाले बताए । महोत्सवमा अहिलेको चर्चित बाल कलाकारका साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सवका प्रवक्ता दान बहादुर आलेले जानकारी गराए ।

यस्तै, महोत्सवमा विभिन्न समुदायको साँस्कृतिक झाँकी प्रदर्शन, कौराहा, नाचन, ज्यानै, ओहोली, झ्याउरे, लाखे, टाकटुके, घाँटु, पञ्चैबाजा, लोक दोहोरीका साथै हाँस्य कलाकारको प्रस्तुती, मगर समुदायको रोदी, रोटे पीङ, स्थानीय खानाका परिकार लगायतका आकर्षाहरु रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker