पोखरा दुर्घटनाका मृतक तीनैजनाको सनाखत, यी हुन् घाइते ८ जना

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेहरुमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीयातिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५ वर्षीय आगम गुरुङ रहेका छन्।

त्यस्तै घाइते हुने ८ जनामा कास्की पोखरा महानगरपालिका–१४का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमति ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।

त्यस्तै घाइते भएकामध्य पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आईतसिंह गुरुङ, निलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ भने डिस्चार्ज भएका छन्।

यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो।

तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker