सति घाँटु नृत्य

गुरुङ समुदायको परम्परागत सांस्कृतिक धरोहर सति घाँटु । तमु सुधार समाज दमौली तनहुँद्वारा नचाइएको सति घाँटु । वैशाख पुर्णिमाको अवसरमा राजा पर्शुराम र रानी यम्फवतिको वियोगान्त कथामा आधारित सति घाँटु नृत्य प्रदर्शन गर्ने गरिन्छ । बैशाख पुर्णिमाको अवसर पारेर सुरुवात गरी पञ्चागको तिथिमा समापन गर्ने प्रचलन छ ।
बैशाख पुर्णिमाको अबसरमा नाचिएको सति घाटुका गीत गाउनेहरुलाई गुरु बा गुरु आमा भनेर सम्बोधन गरिन्छ । राजा पर्शुराम र रानी यम्फवतिको वियोगान्त कथामा आधारित सति घाँटुमा संस्कृतिकर्मिहरुका अनुसार कथाको आधारमा ९ डाडी, ३६ काण्ड र ७२ चरणमा नचाईन्छ ।
घाँटुका बारेमा विभिन्न संस्कृतिकर्मिहरुको आ–आफ्नै तर्कहरु आएपनि सति घाँटुको बास्तविक कथनी भने अहिलेसम्म बाहिर नआएको घाटुको बारेमा अनुसन्धान गरिरहेका संस्कृतिकर्मीहरुको भनाइ रहेको छ । मर्मका आधारमा १ र कर्मका आधारमा ४ प्रकारका घाटु मध्ये तनहुँमा प्राय ठाउँमा सति घाटु नचाईएको पाईन्छ ।
तस्विर : भञ्ज्याङ