बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास-५ चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास-६ देउराली स्थित देउराली प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक हस्तान्तरण गरिएको छ । अमेरीकाको हवाइर काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जले शैक्षिक सामाग्रि उपलब्ध गराएको हो । अस्ट जबाट संयुक्त रुपमा ति विद्यालयका २६ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी गराएका छन् ।
बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले शैक्षिक क्षेत्रको विकास अपरिहार्य रहेको र अस्ट ज द्वारा चुदेर र देउरालीमा गरिएको सहयोग प्रशंसनीय रहेको बताए ।
सामुदायीक विद्यालयहरुमा विद्यार्थीको आकर्षा घटेको भनेर गुनासो बढीरहेको अबस्थामा यस्ता सामाजिक संघ संस्थाबाट गरिएका सहयोगले अभिभावक र स्थानीयलाई विद्यालयको विकासप्रति सक्रिय बनाउने बताए ।
पद्मा प्रावि व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा रोटरीयन क्या. सुर्यकुमार मल्ल, दिनेश श्रेठ, व्यास-०५ वडा सदस्य लक्ष्मी वि.क, देउराली प्राविका अध्यक्ष प्रेम बहादुर हमाल, सिता देवी लम्साल, अमर बहादुर थापा, दल बहादुर थापा, सु. लोकबहादुर थापा, पद्मा प्राविका प्रधानाध्यापक कृष्ण परियार लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










