तनहुँको शुक्लागण्डकी-९ र पोखरा-३३ मा निर्माण गर्न लागिएको औद्योगिक ग्रामको अवलोकन

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले कास्कीको पुडिटार र तनहुँको तालबेँसी क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्र निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ ।

प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको पोखरा महानगरपालिका–३३ पुडिटार र शुक्लाण्डकी नगरपालिका–९ को तालबेँसी क्षेत्रको आज स्थलगत निरीक्षण एवं सरोकारवालासँग अन्तक्र्रिया गर्दै उहाँले औद्योगिक क्षेत्र निर्माणसँगै यहाँका स्थानीयका लागि रोजगार अभिवृद्धि हुने र आर्थिक गतिवधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

औद्योगिक क्षेत्र निर्माणमा जग्गा प्राप्तिलगायतका विषयका साथै स्थानीय समस्यालाई आपसी संवादका माध्यमबाट व्यावहारिकरुपमा समाधान गर्ने कुरामा आफूहरू प्रतिबद्ध भएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको औद्योगिक क्षेत्र निर्माणका लागि देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जग्गा प्राप्तिलगायतमा देखिएका समस्या समाधान गर्नेतर्फ सबैको साथ र हसयोग आवश्यक हुने बताउनुभयो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले औद्योगिक क्षेत्र निर्माणका लागि सबैले आआफ्नातर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा पोखरा–३३ पुडिटारका स्थानीयवासी देवीराम सुनार, यामबहादुर विकलगायतले वर्षौंदेखि स्थानीय भुलभुला आधारभूत विद्यालयसँग किनेर आफूहरूले भोगचलन गर्दै आएको जग्गाका सम्बन्धमा न्यायोचित सम्बोधन हुनुपर्ने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker