प्रथम दमौली पाटन महोत्सवमा आज प्रमोद खरेल आउने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन साँस्कृतिक पर्यटन महोत्सवमा आज बुधबार गायक प्रमोद खरेलको सांगितिक प्रस्तुती हुने भएको छ । गायक खरेल सहित पोखरेली गायिका टिना थापा लगायतका कलाकारहरुले महोत्सव स्थल तताउने महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए । चर्चीत कलाकारसँगै स्थानीय कलाकारहरुको समेत महोत्सव स्थलमा सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । गाउँगाउँबाट महोत्सव हेर्न आउने दर्शकको संख्या समेत बढिरहेको आयोजकले बताएको छ ।

यस्तै, महोत्सवको पाँचौ दिन मंगलबार ३ हजार ५ सय भन्दा बढी व्यक्तिले मादी नदीमा र्‍याफ्टिङ गरेका छन । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले मंगलबार मात्रै ३ हजार ५ सय भन्दा बढीले मादी नदीमा र्‍याफ्टिङ गरेको बताए । महोत्सव अवलोकन गर्न आउने दर्शकले डुंगा चढेर आउने जाने गरेको बताए ।

महोत्सवको पाँचौ दिन होटल र कपडाका स्टलहरुमा दर्शकको दिनभर घुइचो लागेको आयोजकले बताएको छ । आदिवासी बोटे जातिको आकर्षण घर, च्याउको मःमः, बोटे हरुले निर्माण गरेको बाँसको अस्थायी पुल, जनजातिहरुको आकर्षक झाँकी, विज्ञान प्रदर्शनी, विद्यालय नृत्य प्रतियोगिता महोत्सवको आकर्षा रहेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए ।

त्यस्तै, महोत्सव स्थलमा मंगलबा लोकपप गायिका एलिना चौहानले दर्शकहरुलाई नचाएकी थिइन् । उनको पपगीतमा दर्शकको वान्स मोर गुन्जिएको थियो । उक्त दिन गायकहरु कृष्ण सुवेदी, संजीव राना मगर, सद्दान हुसेन, सुभद्रा श्रेष्ठ, लगायतले गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker