छाब्दी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढार्इँले स्वास्थ्य भवन निर्माणका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गर्नुभएको छ । आफूहरुले करीब रु १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताउनुभयो ।

नगरपालिकाको रु १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताउनुभयो ।

चार वटै वडाका बासिन्दालाई केन्द्र पर्ने स्थानमा स्वास्थ्य भवन निर्माण गरिएकाले स्थानीयवासीमा खुशीयाली छाएको छ । उक्त स्वास्थ्य केन्द्रको माथिल्लो तला भवन थप गर्नका लागि नगरपालिकाले सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker