तनहुँ प्रहरीद्वारा छ जना प्रतिवादी पक्राउ

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका दुइ/दुइ जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराए ।

यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उहाँको नजर फरार प्रतिवादी पक्राउमा परेको छ । प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker