शुक्लागण्डकीको गौ संरक्षण केन्द्रमा आगलागी

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा आगलागी भएको छ । बुधबार दिउँसो करिब १२ बजे आसपास परालमा आगो लागेर पूरै नष्ट भएको छ ।

पराललाई सुरक्षित राख्नलाई ट्रष्ट बनाउनलाई वेल्डिङ गर्ने क्रममा आगलागी भएको बताइएको छ । शुक्लागण्डकी नगरपालिकाको दमकल, पृथ्वीराजमार्ग जामुने पोखरा खण्डको सडकमा पानी हाल्ने ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

गौ संरक्षणका पशुचौपायका लागि खरिद गरेर ल्याइएकोसँगै स्थानीय सहयोग गरेको पराललाई संकलन गरेर राखिएको थियो ।

१४ ट्रक बढी पराल मौज्दात गरेकोमा जलेर नष्ट भएको शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्साल ‘अर्जुन’ ले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको गौसंरक्षण केन्द्र पछिल्लो वर्षदेखि शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मातहात सञ्चालन गरिदै आइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker