जंगली च्याउ खाँदा तीन जना बिरामी

जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टारमा शनिबार जंगली च्याउ खाँदा ३ जना बिरामी भएका छन् । पुट्टारस्थित नयाँबस्तिका ६० वर्षीया लिलामाया बि.क, ४० वर्षीया कमला बि.क र १५ वर्षीया अनिता बि.क जंगली च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी उपरीक्षक अपिल बोहोराले बताए ।
बिरामी तीन जनालाई धुलीखेल अस्पताल पुट्टारबाट मेट्रोसिटी अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।










