मादी नदीको निर्माणाधिन पुल

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदी माथिको पुल निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाका अनुसार मादी पुलको भौतिक प्रगति ४५ प्रतिशत छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)मा पुलको ७ वटै जगको काम सम्पन्न भएको छ भने, दुई सय वटा पाइल र ७ वटा पिल्लरमध्ये ५ वटा पिल्लर निर्माणको काम सम्पन्न भएको छ । सुपर स्ट्रक्चरको काम पनि भइरहेको छ ।

पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । दुई ठूला पुल निर्माणको काम पनि अन्तिम चरणमा छन् । यस्तै, १०३ वटा कल्भर्ट निर्माणको काम सम्पन्न भएको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ










