व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

सानेबहादुर नेपाली (तनहुँ)

व्यास नगरपालिका-१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुइ दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महीनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थाल्नुभएको हो । विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे भएर बस्नुपरेपछि दुइ दाजुभाइले गत वर्षको चैतदेखि व्यावसायिकरूपमा पशुपालनतर्फ लागेका हुन् ।

कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि शुरुमा रु एक करोड लगानी गरेर व्यवसाय थालिएको पुस्तक व्यवसाय गर्दै आउनुभएका भाइ वीरेन्द्र नरालले बताउनुभयो । हाल फार्ममा २० पाडा, १०० बाख्रा र ७०० लोकल जातको कुखुरा रहेका छन् । उहाँले भन्नुभयो, “वार्षिक १०० पाडा बिक्री गर्ने लक्ष्य रहेको छ ।” भैँसीका पाडा, बाख्रा र कुखुरा स्थानीयस्तरमा उत्पादन गरिएको ल्याइएको छ । उहाँले भन्नुभयो, “स्थानीय खरी जातको बाख्रालाई बोयर जातको बोका क्रस गराउने उद्देश्यले बोयर बोका खरीद गरेर ल्याइएको छ ।” आत्मनिर्भर बनेको अवस्थामा लकडाउन, बन्द, हड्ताल लगायतको हुँदा पनि कुनै प्रभाव नपर्ने देखिएकाले पशु कृषि व्यवसायबाट केही गर्नुपर्छ भनेर शुरुआत गरिएको नराल दाजुभाई बताउनुहुन्छ ।

पाडा र बाख्रा बिक्री गर्न केही समय लाग्ने भए पनि करीब रु डेढ लाख मूल्य बराबरको कुखुरा बिक्री भइसकेको बताइएको छ । फार्मबाट दैनिक एक खसी, बोका, दैनिक १० क्रेट अण्डा र दैनिक १० वटा कुखुरा बिक्री गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको दाजु दयानिधि नरालले बताउनुहुन्छ । पशुपालनका लागि करीब ७५ रोपनी जग्गामा फार्म तथा घाँस लगाइएको उहाँले बताउनुभयो । फार्म अवलोकनमा आउने कृषकलाई सुरक्षा अपनाएर टाढैबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फार्ममा कार्यरत तीन जना कामदारले पनि चुना र सेनिटाइजर प्रयोग गरेर मात्रै प्रवेश गर्ने गरेका छन् ।

फार्ममा रहेका पाडालाई खोरेत, बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको भ्याक्सिन वडा कार्यालयबाट उपलब्ध गराएपछि लगाइएको कृषकद्वय बताउनुहुन्छ । बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न जान नपाउँदा अधिकांशलाई बिहान बेलुकाको हात मुख जोर्न पनि धौधौ भएको बेला यी दाजुभाइले शुरु गरेको व्यवसायलाई सबैले प्रशंसा गरेका छन् । कोरोनाका कारण सुरक्षित रहन नेपाल सरकारले करीब नौ महीनासम्म बन्दाबन्दी गरेको समयमा पनि यी दाजुभाइले आर्थिक उपार्जन गरी नै रहे ।

जीविकोपार्जनका लागि स्वदेश वा विदेशमै रोजगारी नै गर्नु पर्दछ भन्ने मान्यतालाई चुनौती दिंदै आफैंले व्यावसायिक कृषि तथा पशुपालन गरी उल्टै अरुलाई समेत रोजगारी दिन सकिने हुँदा नयाँ पुस्ताको सोचमा परिवर्तन आउनु जरुरी रहेको नराल दाजुभाइ बताउँछन् । राजनीतिलाई मर्यादित बनाउन पनि व्यावसायिक उद्यमशीलताको खाँचो रहेको वीरेन्द्रको भनाइ छ । तीनै तहका सरकारदेखि विभिन्न संघ संस्थाहरूले कृषि र पशुपालनलाई उच्च प्राथमिकता दिएको अवस्थामा नराल दाजुभाइले जस्तै गाउँका अन्य युवा पनि विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker