बुद्धसिंह मार्गमा नाला निर्माण शुरु

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ । उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेपश्चात् निर्माण कम्पनीले काम सुरु गरेको हो ।

सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका-१३ सोढेंँसम्म दश किलोमिटर खण्ड आक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । कूल ३२ किलोमिटर दूरीमध्ये चालु आर्थिक वर्षमा दश किलोमिटर कालोपत्रका लागि बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । सडक कालोपत्रका लागि भ्याटसहित रु ३४ करोड २७ लाख ४५ हजार पाँच सय ६१ मा मैनाचुली/सफल जेभी काठमाडौँले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ ।

विसं २०७९ भदौ २७ गते सम्झौता गरी विसं २०८२ जेठ ३० गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता बमोजिम आक्सफाल्ट प्रविधिको कालोपत्र, पक्की नाला, कटिङ र कल्भर्ट निर्माण गरिनेछ । आगामी असार मसान्तसम्म पक्की नाला निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधिका विष्णुराज तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्की नाला निर्माणका लागि अभाव नभएको हुँदा धमाधम काम भइरहेको छ । नाला सकिएछि कालोपत्रको काम सुरु हुनेछ ।”

गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ ।

गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर यो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन ।

घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिएको छैन । गत हप्ताबाट मात्रै घुमाउनेमा पनि पुल निर्माणको काम सुरु भइसकेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र भरतपुर महानगरपालिका-१ जोड्ने गरी त्रिशूली नदीमा निर्माण सुरु भएर अलपत्र बनेको पुलको काम पुनः सुरु भएको हो । पुल निर्माणको ठेक्का पाएको मृत सञ्जीवनी कन्स्ट्रक्सनका प्रतिनिधि सुवास उप्रेतीले छिटो काम सम्पन्न गर्ने कामलाई गति दिइएको जानकारी दिनुभयो ।

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । एक सय पाँच मिटर लम्बाई रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ ।

उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ-नारायणगढ सडक भन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ-नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker