अत्यधिक वर्षासंगै आएको बाढीले बन्दिपुरमा ६ घर बगे, ऋषिङमा एक जनालाई पहिरोलेपुर्यो
भञ्ज्याङ न्यूज

हिजो रातीदेखी परेको अत्यधिक वर्षाका कारण तनहुँको बन्दिपुर गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले क्षेती पुर्याएको छ । खहरे खोलामा आएको बाढीले बन्दिपुर-२ खहरेमा ६ घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
बाढीले घर बगाएपनी मानवीय क्षति भने नभएको उनले बताए । गाउँपालिका क्षेत्रमा अत्याधिक वर्षा भएको र खहरे खोलाखोल्सीमा बाढी आउनुका साथै ठाउँठाउँमा पहिरो खसेको बताइएको छ ।
यस्तै, तनहुँको ऋषिङ गाउँपालिका-८ माझकोटमा खसेको पहिरोले एक जना पुरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
पहिरोमा परि स्थानीय ४० वर्षीय खुम बहादुर थापा बेपत्ता भएका र उनको स्थानीयले खोजीकार्य गरिरहेको र प्रहरी पनि घटना स्थल तर्फ गएको तिमिल्सिनाले बताए ।
उनले भने, `अत्यधिक पानी परेकाले ठाउँठाउँमा ठुलासाना पहिरो खस्नुका साथै स-साना खोलाखोल्सीमा आएको बाढीले के कति क्षेती पुर्याएको छ भने विवरण संकलन कार्य भैराखेको छ ।´










